महोत्तरी, २३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि मनोनयन दर्ता गराएका छन् ।
अध्यक्ष ठाकुरले पाँच दलीय गठबन्धनको साँझा उम्मेद्वारको रुपमा मनोनयन दर्ता गराएका हुन् ।
उनीसँगै प्रदेशसभा सदस्यका लागि ३ को (क) मा अभिराम शर्मा र (ख) मा रानी शर्मा तिवारीले पनि मनोनयन दर्ता गराएका हुन् ।
तपाईको प्रतिक्रिया