महोत्तरी, २३ असोज । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्र लालले महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि मनोनयन दर्ता गराएका छन् ।
तमलोपा अध्यक्ष लालले आफ्ना नेता कार्यकर्ता तथा समर्थकसहित मनोनयन दर्ता गराउन पुगेका थिए ।
महोात्तरी ३ मै लोसपाका अध्यक्ष महन्थ ठाकुर पाँच दलीय गठबन्धनको साँझा उम्मेद्वारको मनोनयन दर्ता गराएका छन् ।
महोत्तरी ३ मा एमाले–जसपाको साँझा उम्मेद्वार हरिनारायण यादव र एमालेका बागी राम अधार कापरले पनि उम्मेद्वारी दिएका छन् ।
महोत्तरी ३ को प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि रोचक एवं कडा प्रतिस्पर्धा हुने भएको छ ।
तपाईको प्रतिक्रिया