चट्याङ लागेर एकको मृत्यु

समाचार

बाँके, २४ असोज । चट्याङ लागेर बैजनाथ गाउँपालिका–३ बनखेत बस्ने ६८ वर्षीय कालिबन बस्नेतको मृत्यु भएको छ ।

आइतबार दिउँसो चट्याङ लागेर उनको मृत्यु भएको छ ।

सोही गाउँपालिकास्थित जंगलमा गोठालो जाँदा चट्याङ लागेर गम्भीर घाईते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ