मोरङ, २५ असोज । रंगेली नगरपालिका–९ दर्बेसाबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको किङ कोबरा नामक अवैध पटाका ३ हजार प्याकेट सहित सुनवर्षी नगरपालिका–८ हस्नगडी बस्ने ३० वर्षीय जितेन्द्र राजवंशीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले प्र.१–०२–००२ ह ८७८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा ल्याउँदै गरेको उक्त पटाका सहित उनलाई पक्राउ गरेको हो ।
यसैगरी, रंगेली नगरपालिका–४ चोप्राहास्थित धाधरी खोलाको बगरबाट करिब १ लाख २२ हजार २ सय रुपैयाँ बराबरको किङ कोबरा नामक अवैध पटाका २ हजार ४ सय ४४ प्याकेट मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीलाई भारतबाट नेपालतर्फ आउँदै गरेका ४ जनाले देख्नासाथ सामान छोडी फरार भएपश्चात ४ वटा बोरामा रहेको उक्त पटाका प्रहरीले बरामद गरेको हो ।
तपाईको प्रतिक्रिया