काठमाडौं, २५ असोज । हिन्दूहरुको महान आस्थाको पर्व छठ मनाउनको लागि काठमाडौंको रानीपोखरीमा घाट लगायत अन्य कुराहरुको व्यवस्थापन गरिदिन मधेशी आयोगले काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ ।
आयोगकी उप–सचिव सबिता डंगोलले हस्ताक्षर गरेको पत्रमा रानीपोखरीको पुनर्निर्माण सकिएको र संचालन अवस्थामा रहेकोले गर्दा विगतझैँ यसवर्ष छठ मनाउन घाटको निर्माण गरी व्रतालुहरुलाई छठ पर्व मनाउन सहयोग गरिदिन पठाएकी काठमाण्डौ महानगरलाई आयोगले पत्र पठाएको छ ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको स्वकीय सचिव दिपेन्द्र कर्णले जानकारी दिएको अनुसार आयोगमा विभिन्न संघ–संस्थाहरुले लिखित तथा मौखिक रुपमा छठ पर्वको लागि रानीपोखरीमा घाट निर्माणको लागि समन्वय गरिदिनुहुन निवेदन दिएपछि आयोगका अध्यक्ष डा.दत्तको निर्देशनमा आयोगले काठमाण्डौ महानगरलाई पत्राचार गरेको छ ।
तपाईको प्रतिक्रिया