कार दुर्घटना हुँदा एकको मृत्यु

समाचार

बाँके, २६ असोज । राप्तीसोनारी गाउँपालिका–२ झुरीखोलामा बागमती प्रदेश ०१०२८ च ००४४ नम्बरको कार आफैं अनियन्त्रित भई दुर्घटना भएको छ ।

सडकबाट करिब १० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा कार चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ बस्ने ५५ वर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ३ जनाको सोही मेडिकल कलेजमा उपचार भइरेहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ