‘विकास क्षेत्रमा नेपाल–भारत सहकार्य हुनुपर्छ’

समाचार

राजविराज, २१ माघ । राष्ट्रिय एकता अभियानद्वारा राजविराजमा आयोजित विचार गोष्ठीका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता रामकुमार यादवले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘नेपाल–भारतबीच रोटी बेटीको सम्बन्ध छ, जसले दुई देशको सम्बन्धलाई अझ मजबुत बनाएको छ, नेपालको आर्थिक विकासमा भारतको ठुलो योगदान छ, त्यसैले अब विकास क्षेत्रमा नेपाल–भारत सहकार्य हुनुपर्छ ।’

त्यसैगरी कार्यक्रममा राष्ट्रिय एकता अभियान सप्तरीका सल्लाहकार अधिवक्ता सागर वीर कडारिले विकास क्षेत्रमा नेपाल–भारत सहकार्य विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेकी राष्ट्रिय एकता अभियान सप्तरीकी जिल्ला संयोजक सुनिता चौधरीले पनि नेपाल–भारतको सम्बन्धको बारेमा चर्चा गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ