सिरहा, २२ माघ । लहान नगरपालिका–८ पशुपति स्कुलको गेट नजिकबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।
१ हजार दरको ४ लाख ३५ हजार रुपैयाँ नक्कली नोट र सोही आकारको कागजातहरू ३३ बण्डल सहित सोही नगरपालिका–१९ छरापट्टी बस्ने ३० वर्षीय ओसिन सेख समेत दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बल नेपाल लहानबाट संयुक्त रूपमा खटिएको प्रहरीले टोलीले जाँच गर्ने क्रममा उक्त नक्कली नोट सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया