रौतहट, १५ चैत । ईशनाथ नगरपालिका–६ जयनगर बस्ने शेख ईसरातको घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।
मंगलबार राति आगलागी भई सोही ठाउँ बस्ने मजिबुर रहमानको घरमा समेत आगलागी हुँदा उक्त आगलागीमा परी रहमानको छोरी १२ वर्षीया राजिया खातुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट दुवै जनाको घर जलेर करिब १८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
तपाईको प्रतिक्रिया