काठमाडौं, १५ चैत । गत प्रतिनिधिसभामा बारा निर्वाचन क्षेत्र नं. २ मा ३५४ मतले पराजित भएका नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले पार्टी प्रवेश गराएका छन् ।
जनमतका अध्यक्ष डा.राउतले ‘मिशन बारा २’ नै सुरु गरेका छन् ।
बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टी नेपालका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भइसकेपछि आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।
आगामी बैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा कुशवाहा जनमत पार्टीबाट उम्मेदवार हुने पक्का भएको छ । कुशवाहा ३५४ मत मात्र पराजित हुन पुगेका थिए ।
सो क्रममा कुशवाहले आफूलाई माओवादी पार्टीभित्र सधैं अन्याय गरिएको गुनासोसमेत पोखे । कुशवाह ०६४ को संविधानसभामा निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया