काठमाडौं, १५ चैत । जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हराएर पठाउने दाबी गरेका छन् ।
उनी आफू केही मतले मात्र गत निर्वाचनमा पराजित हुन पुगेको भन्दै आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र)को अन्तर्घात गरेको आरोप लगाए ।
आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा जसपा अध्यक्ष यादवलाई हराएर पठाउने ठोकुवासमेत गरे ।
उपेन्द्र यादवलाई सत्तालोलुप र पदबिना बाँच्नै नसक्ने आरोप लगाउँदै बारा २ बाट पनि हराएर पठाउने दाबी गरेका छन् ।
बुधबार उनी माओवादी केन्द्र परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका हुन् । उनलाई जनमत अध्यक्ष डा.सीके राउतले पार्टीमा स्वागत गरेका छन् ।
यसअघि नै डा.राउतले उपेन्द्रलाई चुनौती दिँदै आएका छन् ।
तपाईको प्रतिक्रिया