स्कुटर दुर्घटनामा चालकको मृत्यु

समाचार

कैलाली, १६ चैत । गोदावरी नगरपालिका–१ मनहरास्थित सडकमा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

से.५ प ४६८४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–५ बस्ने ५० वर्षीय कृष्ण चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरिया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ