रौतहट, १६ चैत । जिल्ला दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा एक करोडभन्दा बढी धनमानल जलेर नष्ट भएको छ ।
माधवनरायण नगरपालिका–३ सखुववास्थित ऋद्दी सिद्दी प्लाईबोड ईन्डिट्रिजमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा करिब ८६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको ।
यसैगरी, गौर नगरपालिका–४ बस्ने मुनिफ मियाँको मुनिफि पोल्ट्रि फर्ममा बुधबार राति आगलागी हुँदा कुखुराको चल्ला २५ सय वटा, कुखुराको दाना १ सय ३० बोरा लगायतको सरसामान जलेर करिब २३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया