उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित

समाचार

काठमाडौँ, १६ चैत । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको छ ।

स्वीकृत मतदाता नामावली बमोजिम २०७९ वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये महिला ८८ लाख ५२ हजार ४६, पुरुष ९१ लाख ४९ हजार तीन सय ३५ र अन्य एक सय ८५ गरी जम्मा एक करोड ८० लाख एक हजार पाँच सय ६६ कायम रहेका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनयता १२ हजार नौ सय ९६ मतदाता सङ्ख्या वृद्धि भएको छ ।

उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा चार सय ७० थप भई एक लाख २४ हजार छ सय ९५, बारा क्षेत्र नं २ मा दुई सय ३७ थप भई एक लाख पाँच हजार दुई सय ४८ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा एक सय ८५ घटी भई एक लाख २३ हजार तीन सय पाँच मतदाता कायम भएका छन् ।

तपाईको प्रतिक्रिया





ट्रेन्डिङ