सप्तरी, १६ चैत । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजधोव समुदायका लखाय बाबा मन्दिरको उद्घाटन गरेका छन् ।
रामनवमीको अवसरमा बिहीबार सप्तरीको भारदहस्थित राजधोव समुदायका लखाय बाबा मन्दिरको उद्घाटन गरेका हुन् ।
मन्दिरको उद्घाटन गर्दै डा.राउतले जोखिम नलिएसम्म कोही पनि अगाडि बढ्न नसक्ने बताएका छन् ।
प्रतिनिधि सभा सदस्य समेत रहनुभएका राउतले आजभोलि सबै जना आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर मात्र बनाउन खोज्ने गरेकोले यस्ता प्रवृत्तिबाट समाजको विकास हुन नसक्ने बताए ।
राजधोव जाती अझै शिक्षामा पछाडि रहेकाले त्यसमा बढी ध्यान दिन जरुरी रहेको अध्यक्ष राउतको भनाइ छ ।
कार्यक्रममा नेपाल र भारतबाट राजधोव स्वजातीय सङ्गठनहरूका मैनजन, थानपति तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया