पर्सा, १७ चैत । वीरगंज महानगरपालिका–३१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलोग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–३ झुलिटार बस्ने ४२ वर्षीय पासाङ लामा र चितवन राप्ती नगरपालिका–११ बस्ने २९ वर्षीय बुद्दिराज घलान रहेका छन् ।
प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले जितपुरबाट बडनिहारतर्फ जाँदै गरेको प्र.–२–०३–००१ ह २२७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया