कमल राज पौडेल, बर्दिया १७ चैत । ब्याकवर्ड सोसाइटी एजुकेशन(बेस) बर्दियाले जिल्ला स्तरीय परियोजना समापन एवम् समिक्षा कार्यक्रमको आयोजना गरेको छ ।
संस्थाले विगत १० महिना देखि यूके एड/एफसिडियो र यूनिलिभरको आर्थिक तथा वाटरएडको प्राविधिक सहयोगमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ,स्वास्थ्य सेवा विभिाग अन्र्तगतका राष्ट्रिय स्वास्थ्य शिक्षा ,सूचना तथा संचार केन्द्र, परिवार कल्याण महाशाखा , राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको समन्वय तथा सहकार्यमा संचालित साथै स्थानीय स्तरमा बर्दिया जिल्लामा रहेका सबै स्थानीय तह ,स्थानीय स्वास्थ्य संस्था तथा विघालयहरु र अन्य संघसंस्थाहरुको समन्वय तथा सहकार्यमा स्वच्छता ब्यवहार परिवर्तन सहमिलन परियोजना संचालन गरेको थियो ।
“स्वच्छ परिवार सुखको आधार” मुल नारामा आधारित यस परियोजनाले बर्दिया जिल्लाका जन समुदायहरु विषेश गरी कोभिड १९ खोप सेवाबाट बन्चित सिमान्तकृत तथा अन्य अल्पसंख्यकहरुमा स्वच्छता तथा कोभिड १९ रोकथाम सम्बन्धी ब्यवहार परिवर्तन गर्नुको साथै यसको विरुद्ध वुस्टर डोज सहित पूर्ण मात्राको खोप लगाई यस रोगको फैलावट तथा नयाँ प्रजातिका रोकथाम तथा नियन्त्रण गर्नुको साथै बर्दिया जिल्लामा बसोबास गर्ने सबै जनसमुदायहरुलाई लक्षित गरिएतापनि समाजमा पछाडी परेका वर्ग र कोभिड १९ को उच्च जोखिममा रहेका अपाङ्ग, जेष्ठ नागरिक, दिर्घरोगी लगायत भौगोलिक विकटता गरिबीका कारण संचार सेंवाबाट पछाडी परेका, सेवाको पहुँच नभएका समुदायहरुलाई विषेश गरी विद्यालयमा अध्ययनरत बालबालिका तथा समुदायका ब्यक्तिहरुलाई लक्षित गरी प्राथामिकताका साथ साबुनपानिले मिचि मिचि हात धुने ,मास्क लगाउदा नाक, मुख र चिउडोसम्म छोपिने गरी लगाउने, घर बाहिर जाँदा एक अर्को बिच २ मि. भौतिक दुरी कायम गर्ने, परिवारका खोप लगाउन मिल्ने सबै सदस्यहरुले कोभिड–१९ विरुद्धको वूस्टर मात्रा सहितको पूर्ण खोप लगाउने ,पिउने पानि शुद्धीकरण गरेर मात्र पिउने ,साधै चर्पिमा मात्र दिशापिसा गर्ने र चर्पि सधै सफा राख्ने, राम्ररी पकाएको खाना मात्र खाने र महिनावारी सम्बन्धी स्वच्छता अपनाउने ८ वटा मुख्य उदेश्यमा रही यो स्वच्छता ब्यवहार परिवर्तन सहमिलन परियोजना संचालन गरीएको थियो ।
सो परियोजनाको जिल्ला समन्वय समिति बर्दियाका उपाध्यक्ष्य अमिता कुमारी यादवको प्रमुख आतिथ्यमा जिल्ला भित्रका ८ वटै पालिकाका प्रमुखहरु र सरोकारवालाहरुलाई आमन्त्रित गरी कार्यक्रम समापन गरेको कुरा बेस बर्दियाका अध्यक्ष विष्णु चौधरीले बताए ।
तपाईको प्रतिक्रिया