कमल राज पौडेल, बर्दिया, १८ चैत । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाले खोरेत रोग उल्मुलन अभियान गरेको छ ।
अभियानअन्तर्गत १ दिने भ्याक्सिनेटर अभिमुखिकरण कार्यक्रम सहित गुलरिया नगरपालिका वडा ५ स्थित भिमशेन एकिकृत कृषि तथा पशुपालन फर्ममा रहेका पशुहरुलाई खोरेतको भ्याक्सिन लगाएर यस वर्षको खोरेत रोग उल्मुलन अभियान गरेको हो ।
यस वर्ष हाम्रो जिल्लाको लागि लुम्बिनी प्रदेश सरकारबाट खोरेत रोगको ६२ हजार ७ सय डोज खोप आएको छ । उक्त खोप लगाउनको लागि जिल्ला भित्रका ८ वटै स्थानीय तहमा रहेका ४१ जना खोप कर्ताहरुलाई खोपकर्ता परिचय पत्र, लगाउने पोषाक, हातमा लगाउने पन्जा, गम्बुट, ब्यागका साथै प्रति १ जना खोप कर्तालाई १हजार ५ सय २९ का दरले भ्याक्सिन र सिरिन्ज दिएको छ ।
१५ दिन भित्र सबै खोपकर्ताहरुले पशुलाई खोरेतको खोप लगाई सक्नु पर्ने हुन्छ ।
सबै खोपकर्ताहरुले आ–आफनो जिम्मेवारी इमान्दारीका साथ पुरा गर्नेछ र बर्दिया जिल्लालाई खोरेत रोग उल्मुलनको जिल्ला बनाउनमा सहयोग गर्नुहुने छ भन्दै सबै खोपकर्ताहरुलाई एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका निमित्त कार्यालय प्रमुख अनिल कुमार शर्माले खोप सामाग्री हस्तान्तरण गरेका हुन् ।
जिल्ला भित्र पशु चौपायको संख्या गाई १ लाख २५ हजार ,भैसि १ लाख २४ हजार ,बाख्रा २ लाखको संख्या रहेको छ ।
प्रदेश सरकारको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय यस जिल्लामा स्थापना हुनुभन्दा पहिला बर्दिया जिल्ला खोरेत रोगको उच्च जोखिम जिल्ला भएतापनि विगत ३ वर्ष देखि सघिंय र स्थानीय पशु सेवा शाखाले खोरेत रोगका विरुद्ध अभियान संचालन गरेपछी बर्दिया जिल्ला खोरेत रोग मुक्त जिल्ला भएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका पशु विकास अधिकृत डा. सुमन खनालले बताए ।
डा. खनालका अनुसार –दिनहुँ कृषकहरुको गोठमा पशु संख्याको बृद्धि भैरहेको छ तर राज्यले दिने खोपको संख्या बृद्धि हुन सकेको छैन । उनले भने, त्यसैले गर्दा हामीले जिल्ला भित्र सरदर ४० प्रतिशत मात्र पशु चौपायलाई खोप लगाउन सकेका छौ ।
तपाईको प्रतिक्रिया