काठमाडौं, १८ चैत । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मधेशीको आँखा खुलेको दिन सीके राउतले मधेश र मधेशी देख्न नसक्ने बताएका छन् ।
“मधेश नेपाल हैन (Madhesh is not Nepal) नामको देशद्रोही अभियानबाट जनमत पार्टी नामको खरानी तयार पारेका छन् । उनी राजनीतिका नयाँ जोगी हुन् । मधेशीको आँखामा खरानी छर्किदै हिडेका छन्, बस्नेतले लेखेका छन् ।
जजस्को आँखामा सीके राउतले खरानी छर्किए, उनको आँखा खुलिसकेको छैन । जुन दिन मधेशीको आँखा खुल्छ, सिके राउतले मधेश र मधेशी देख्न सक्नेवाला छैनन्, उनले भनेका छन् ।
मधेशमा एक घर एक रोजगारको नारा बेचेर आफ्नो लागि राजनीतिको गेरुवा बस्त्र किनेको समेत बस्नेतले आरोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया