बहुरूपिया उम्मेदवारलाई बारावासीले हराउँछन् : आजपा अध्यक्ष साह

समाचार

रौतहट, २२ चैत । रौतहटको ईशनाथ नगरपालिकामा आम जनता पार्टीको नगर अधिवेशन संम्पन भएको छ ।

पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा प्रमुख अतिथि आजपाका राष्ट्रिय अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह रहेका थिए ।

नगर अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले बारा २ मा हुने उपनिर्वाचनमा सदैव मधेशी जनतालाई ठग्दै आएका मधेश विरोधीहरु चुनाव लड्न खोजेको भन्दै त्यस्ता लुटेरालाई पराजित गर्न आ–आफ्ना ठाउँबाट लाग्नु पर्ने बताएका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै उनले भने सप्तरीमा नफलेको फल बारामा फल्दैन, सप्तरीका जनताले लखेटेको नेतालाई बाराका जनताले पराजित गरेर नै छाड्ने जिकिर गरे ।

पूर्व मन्त्री प्रभु साहले भने छिमेकीको खेतमा नफलेको मकै हाम्रो खेतमा फल्दैन्, नुन कहिल्यै पनि चिनि हुन सक्दैन् तथापि त्यस्ता भ्रष्ट तथा मधेसी विरोधी नेतालाई मतदान गर्नु आफ्नो अधिकार खेर फाल्नु सरह हुने छ ।

साहले मधेश प्रदेशमा अघिल्लो र बर्तमान उपेन्द्र यादवको पार्टी जसपाको मुख्यमन्त्र छ, केन्द्रमा हरेक सरकारमा आफै मन्त्री हुँदा समेत मधेसका लागि केही गर्न नसकने र अहिले आएर मधेशी जनताको नाममा ढोङ्ग रचदै फेरी संसद छिर्ने प्रयास गरेको भन्दै त्यस्ता बहरुपियालाई बाराका जनताले ठिक लागाउने भने आशा राख्दछु उनले भन्नु भयो ।

उनले मध्य तराई मधेसको बीच बीरगंज–कलैया–मलाही–कटहरीया सहितका रोडको निर्माण गराएको तथा आउँने दिनमा त्यहाँको बिकासका जिम्मा आफूले लिएर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।

साथै उनलेले देशमा भईरहेको भागवण्डाको राजनीतिलाई अन्त्य गर्न आम जनता पार्टीको उदय भएको बताए ।

जिल्ला कमिटिद्वारा आयोजित नगर अधिवेशनमा राकेश ठाकुरको अध्यक्षतामा ५१ सदस्य नगर कमिटि गठन गरिएको छ ।

कार्यक्रममा आम जनता पार्टीका महासचिव एंव मधेस प्रदेशका इन्चार्ज उपेन्द्र साह, उपमहासचिव कुन्दन कुशवाहा, स्थायी कमिटी सदस्य मनोज यादव, शेख एकरामुल, पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, जिल्ला इन्चार्ज त्रिभुन साह अमर लगायतका नेताहरुले कार्यक्रमलाई संम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ