जनकपुरधाम, २० जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई मधेश प्रदेशको राजधानी जनकपुरधाममा नागरिक अभिनन्दन गरिने भएको छ ।
आगामी जेठ ३१ गते जनकपुरधाममा राष्ट्रपति पौडेलको हुने धार्मिक भ्रमणको क्रममा नागरिक अभिनन्दन गरिन लागिएको हो ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको अगुवाइमा जनकपुरधामको उद्योग वाणिज्य सङ्घको राजर्षि जनक सभा हलमा भएको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेललाई जनकपुरधामको तिरहुतिया गाछीमा नागरिक अभिनन्दन गर्ने निर्णय भएको हो ।
राष्ट्रपति पदमा निर्वाचित भएपछि पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकाले उनलाई नागरिक अभिनन्दन गर्न लागिएको नेता निधिले बताए ।
तपाईको प्रतिक्रिया