पर्सा, २१ जेठ । वीरगंज महानगरपालिका–१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली नेपाली नोटसहित एक युवक पक्राउ परेका छन् ।
सर्लाही बरहथवा नगरपालिका–५ रामजानकी टोल बस्ने ३० वर्षीय रामबिश्वास महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया