मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार

कैलाली, २१ जेठ । टीकापुर नगरपालिका–७ स्थित सडकमा से.४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

भजनी नगरपालिका–८ सोनाफाँटा बस्ने ६० वर्षीय सोमैया चौधरीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो । 

शुक्रबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको भेरी अस्पताल बाँके हुँदै टीकापुर अस्पताल कैलालीमा थप उपचारको क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ