मायादेबी गाउँपालिका आफ्नै भवनवाट सेवा

समाचार

कपिलवस्तु, २१ जेठ । कपिलवस्तुको मायादेबी गाउँपालिका वडा नम्बर १ पकडीमा साढे ३ करोड लागतका निर्माण गरिएको प्रशासनिक भवनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सरेन्द्रराज आचार्यले उद्घाटन गरेका छन् ।

गाउँपालकिाको वडा नम्बर १, पकडीस्थित आफ्नै जग्गामा गाउँपालकिाको साढे ३ करोडमा भवन निर्माण भएको हो ।

आफ्नै भवन नहुँदा गाउँपालिकाले ३ स्थानमा लिएको भाडाको घरमा एक लाख बढी भाडा तिर्दै आएको छ ।

१० कठ्ठा क्षेत्रफल रहेको जग्गामा भवन निर्माण गरिएको हो । सेवा प्रवाहलाई प्रभावकारी र छटिोछरितो होस् भन्ने उद्देश्य सहति सुवधिा सम्पन्न आफ्नै भवन बाट काम हुने बताइएको छ ।

प्रशासनीक भवन संगै वडा नं १ को कार्यालय र सभाहल समेत मन्त्री आर्चायले उद्घाटन गरे । कार्यक्रममा वोल्दै मन्त्री आर्चायले कार्यालय निर्माण सगै गाउंपालिकाले विकास र जनताका आवश्यकतालाई सम्बोधन गर्नु पर्ने बताए ।

स्थानीय तह जनताको प्रतक्ष सरोकार राख्ने तह भएकाले दैनिक जिवनयापनका साथै भौतिक विकास र सामाजिक विकासमा समेत पालिकाले निर्बतमान गाउपालिका अध्यक्ष बजरंगी चौधरीको पाला मै निर्माण सुरु भए पनि अहिले आएर मात्र भवन निर्माण संपन्न भएका हो ।

अव एउटै भवनबाट सेवा प्रवाह हुने र एकद्धार प्रणालीबाट कार्य गर्दा थप जनतामा सहजता आउने बताइएको छ । साढे तीन तलाको भवन निमाणकोे ठेक्का अर्याल नर्मिाण सेवा, कपिलवस्तुले पाएको थियो ।

भवन निर्माणको काम सम्पन्न भएको गाउँपालकिाका निमित्त प्रमुख प्रशासकीय अधकिृत प्रमेश्वर यादवले बताए ।

उनले अब प्रशासनिक काम संचालन गर्न सहज हुने बताए । ’ ३ ठाउमा कर्मचारी हुदा समस्या हुथ्यो अब भने सहज हुने भएको छ ।’ उनले भने ।

जिल्लाको १० पालिका मध्ये सुद्धोदन गाउपालिका र शिवराज नगरपालिकाको आफ्नै प्रशासनीक भवन नहुँदा भाडामा छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ