महोत्तरी, १६ असार । महोत्तरीको गौशाला नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ९० करोड ७६ लाख २० हजार रकम बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
आर्थिक बर्ष २०८०/०८१ का लागि वार्षिक बजेट योजना तथा नीति कार्यक्रम नगरपालिकाको तर्फबाट मेयर डा. दिपेन्द्र महतोले सार्वजनिक गरेका थिए ।
नगरप्रमुख डा. महतोले सार्वजनिक गरिएको बजेटमा आन्तरिक स्रोततर्फ १९ करोड ६६ लाख ७५ हजार, राजश्व बाँडफाँडतर्फ २० करोड २२ लाख १९ हजार, वित्तीय समानीकरण अनुदानबाट १७ करोड २६ हजार, सशर्त अनुदानबाट २८ करोड ९७ लाख, विशेष सम्पुरकबाट ४ करोड ९० लाख उल्लेख रहेको छ ।
शुक्रवार गौशाला नगरपालिकाको १० औँ नगर सभालाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष यादवले पालिकाले ल्याउने वार्षिक योजना तथा नीतिमा शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया