धनुषा, १६ असार । विदेह नगरपालिका–९ बाबा चोकस्थित जय श्री शम्भु डेरी उद्योग सञ्चालन गरी बस्ने एकजनाको करेन्ट लागेको मृत्यु भएको छ ।
सोही नगरपालिका–७ गिद्दा घर भएका ३५ वर्षीय अनिल कुमार पंडितको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
फ्रिज खोल्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया