नेपालको लागि नेपाली पार्टीको वीरगंजमा विस्तारिक बैठक सम्पन्न

समाचार

वीरगंज, १७ असार । नेपालको लागि नेपाली पार्टी जिल्ला समिति पर्साको गोपाल मण्डली वीरगंजमा विस्तारित बैठकले सातबुँदे निर्णय गर्दै सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष इंजीनियर अनिल कुर्मीको सभापतित्वमा भएको बैठकले दुई महिनाभित्र पर्सा जिल्लाको १४ स्थानीय तह एवम् संघीय र प्रदेशको १२ बटा निर्वाचन क्षेत्रमा संगठन विस्तार गर्ने, वीरगंज महानगरको ३२ बड़ामा समिति गठन गर्ने, साउन महिना खुल्ला रक्तदान कार्यक्रम गर्ने, भाद्र महिनामा जिल्ला सम्मेलन गर्ने, जिल्ला र नगर क्षेत्रमा प्रशिक्षण कार्यक्रम गर्ने, जिल्ला स्तरीय धर्म सभा गर्ने, सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य स्थापना एवम नेपालीहरुको सुख शान्ति समृद्धिको लागी हरेक महिनामा शक्ति केन्द्रमा विशेष पूजापाठ गर्ने निर्णय गरेको छ।

बैठकमा नेपालको लागि नेपाली पार्टीका केन्द्रीय अध्यक्ष संतोषानन्द महाराज, केन्द्रीय सदस्यहरु बिनोद कुर्मी, पुनम सिंह, मधेस प्रदेश सदस्य रामप्रसाद कुर्मी,पर्सा जिल्ला उपाध्यक्षहरु संतोष सिंह र पवन गुप्ता, सचिव नबिन मिश्रा, सह सचिव अनिल पटेल, कोषाध्यक्ष प्रणय सिन्हा, वरिष्ठ सल्लहकार किशोरी प्रसाद कुर्मी, जिल्ला कार्य समिति सदस्यहरु मोतीलाल रौनियार, भोला पटेल, अमित श्रीवासवत, रंजित गुप्ता सहित सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ