ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

मोरङ, १७ असार । पथरी शनिश्चरे नगरपालिका–२ जयचोकमा ना.०६ ख १३७२ नम्बरको ट्रकले को.२ ह २३९३ नम्बरको अटोलाई दिँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ट्रकले ठक्कर दिँदा अटो चालक पथरी शनिस्चरे नगरपालिका बोक्ररे चोक बस्ने ५५ वर्षीय भिम सरण तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मदनभण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ