महोत्तरी, १७ असार । मटिहानी नगरपालिकाले तरकारी खेती गर्ने कृषकहरुलाई कृषि सामग्री वितरण गरेको छ ।
नगरपालिकाले आइतबार वडा नं. ६ का तरकारी कृषकलाई कृषि सामग्री वितरण गरेको हो ।
तरकारी वालीको नयाँ पकेट कार्यक्रम अन्तर्गत ४० जनालाई मोटर, डेलिभरी पाइप, स्प्रे टंकी, गटोर स्प्रे, कोदालो, जैविक मल्ल र तरकारीको बिउ सहितका सामग्रीहरु एक कार्यक्रम बीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले वितरण गरेका छन् ।
सो अवसरमा बोल्नु हुँदै नगर प्रमुख मण्डलले तरकारी खेतीलाई प्रोत्साहित गर्ने उद्देश्यले सामग्री वितरण गरिएको कुरा बताए ।
वडा ६ मा १५ हेक्टरमा तरकारी खेती गर्नमा करीब ३० परिवार संलग्न रहेको कुरा कृषि शाखा प्रमुख टंक प्रसाद उपाध्यायले बताएका हुन् ।
तपाईको प्रतिक्रिया