काठमाडौँ, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतबीच भेटवार्ता भएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा राउतबीच भेटवार्ता भएको हो ।
सो भेटको क्रममा प्रधानमन्त्री प्रचण्ड र डा.राउतबीच देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।
साथै प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
डा. राउतले भने, “प्रधानमन्त्रीले तपाईँहरू सरकारमा आउनुस् म मिलाउँछु भन्नुभएको छ, अब गठबन्धनका सबै दलहरूबीच सहमति बनाउनुपर्छ ।”
तपाईको प्रतिक्रिया