मोरङ, १८ असार । विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ४ एम्पुल, एभिल ४ एम्पुल र डाईजेपाम ४ एम्पुलसहित सुनसरी ईटहरी उपमहानगरपालिका–५ बस्ने ३५ वर्षीय ओम भक्त बान्तावालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट नियन्त्रित लागूऔषध नाईट्रासेल ५६ ट्याब्लेटसहित दाङ घोराही उपमहानगरपालिका–१८ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया