३ पालिकामा पोषण र जिविकोपार्जन कार्यक्रम

समाचार

कपिलवस्तु, १८ असार । जिल्लाको यशोधरा, मायादेवी र शुद्धोधन गाउँपालिकामा सुधारिएको खाद्य प्रणाली र जिविकोपार्जनका समान अवसरहरुको प्रवद्र्धनका लागि नागरिक समाज कार्यक्रमको सूरुवात गरिएको छ ।

वेल्ट हंगर हिलफे जर्मनीको सहयोग र फरवाड नेपाल चितवन र कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुको आयोजनामा उक्त कार्यक्रम ४ वर्षसम्म चल्ने कार्यकंमको परिचयात्मक कार्यक्रममा जनाइएको छ ।

मानव सूचांकमा पछाडी परेको कपिलवस्तु जिल्ला र सिमानासँग जोडिएका पालिकाहरुमा पोषण र कृषि मार्फत जिविकोपार्जन सुधारको लागि नागरिक समाज र समुह निर्माण गरि कार्यक्रम संचालन गरिने वेल्ट हंगर हिलफेका प्रंतिनिधि सुशील घिमिरेले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक बाबुराम आचार्यले जिल्लाका ३ पालिकासँगै अन्य दक्षिणी पालिकाहरुमा समेत जिविकोपार्जनको लागि कार्यक्रम संचालनको लागि संस्थासँग आग्रह गरे ।

सो अवसरमा शुद्धोधन गाउंपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले स्थानीय स्रोतको सदुपयोग गरि आयआर्जन र सिकाइको आदान प्रदान गरि सिमान्तकृत र विपन्न वर्गको जीवनस्तरमा सहयोग हुने गरि काम गर्नका लागि संस्थालाई आग्रह गरे ।

स्थानीन तहसँग सहकार्य गरेर कार्यक्रम गरेमा उपलब्धी र कार्यक्रमको दिगोपना हुने हुँदा पालिकाहरु सहकार्य गरेर अघि बढेने समेत चौधरीले बताए ।

सो अवसरमा यशोधरा गाउंपालिका अध्यक्ष शिव दयाल तिवारी, कालिका स्वावलम्वन केन्द्रका अध्यक्ष रामेन्द्र सिंह रावल लगायत बोलेका थिए ।

कार्यकंममा ३ पालिकाका प्रतिनिधी र कार्यकंम संचालन गर्ने संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कृषिको दिगो विकासको लागि स्थानीय उत्पादनालाई प्रर्वधन गरि बजारिकरण मार्फत आयआर्जनमा टेवा दिने खालका योजनाहरु पालिका स्तरमा गएमा आवश्यकता पहिचानको आधारमा काम गर्ने परियोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ