कोशी प्रदेशमा ट्राफिक सप्ताह उद्घाटन

समाचार

विराटनगर, १९ असार । कोसी प्रदेशमा ट्राफिक सप्ताह २०८० सुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ट्राफिक सप्ताह उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले उद्घाटन कार्यक्रममा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको दृष्टान्त प्रस्तुत गरेका थिए ।

यातायात व्यवसायी, सवारी चालक, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगायतका सरोकारवालाहरूबिच आपसी सहकार्य गरी काम गर्न सके दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति रोक्न सकिने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ