कौडेनामा सामुदायिक अस्पताल उद्घाटन

समाचार

सर्लाही, १९ असार । जिल्लाको कौडेना गाउँपालिका स्थित फुलपरासीमा निर्माण सम्पन्न भएको १५ शय्याको सामुदायिक अस्पतालको उद्घाटन गरिएको छ ।

मङ्गलवार कौडेना गाउँपालिका–२, फुलपरासीमा निर्माण सम्पन्न १५ शय्याको सामुदायिक अस्पतालको संघीय स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेत र खानेपानी मन्त्री महेन्द्र राय यादवले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

अस्पतालको औपचारिक उद्घाटन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले स्थानीय नागरिकको स्वास्थ्य सुविधाका लागि आफूहरूको पहल रहने प्रतिबद्धता ब्यक्त गरे ।

खानेपानी मन्त्री यादवले नागरिकलाई स्वच्छ खानेपानीको प्रबन्ध गर्न सरकार दत्तचित्त रहेको बताए । यस क्षेत्रका नागरिकले छिटै स्वच्छ पानीको सुविधा पाउने उनको भनाइ छ ।

गाउँपालिकाको एक करोड ७९ लाख लागतमा अस्पताल तयार भएको हो । अस्पतालमा विशेषज्ञ चिकित्सक नियुक्तिको प्रक्रिया समेत अगाडि बढाइएको गाउँपालिका अध्यक्ष रुपेश कुमार यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ