नेपाल प्रेस युनियन कैलालीमा नयाँ कार्यसमिति

समाचार

कैलाली, १९ असार । नेपाल प्रेस युनियन कैलालीको छैठौां जिल्ला अधिवेशनबाट सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

युनियनको अध्यक्षमा सीताराम ओझा सर्वसम्मत निर्वाचित भएका हुन् । यस्तै, उपाध्यक्षमा सुनिल आउजी, महिला उपाध्यक्षमा अनिता चौधरी, सचिवमा शंकर बोहरा, कोषाध्यक्षमा गगन अयडी र सहसचिवमा रमा चन्द चयन भएका हुन् ।

यसैगरी खुल्ला सदस्यहरूमा शेरबहादुर ऐर, रमेश अयडी, राजकुमार साउँद, पदमराज भट्ट, पुस्कर पौडेल र केशबसिंह धामी चयन हुनुभएको छ भने महिला सदस्यमा शारदा फुलारा जैशी, यमुना साउँद र भगवती सुनार चयन भएका हुन् ।

यस्तै आदिवासी जनजातिबाट जीवन चौधरी, मधेसीबाट सौरव राना र अल्पसंख्यकबाट विवेक नागरी सदस्य चयन भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ