आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

समाचार

नवलपरासी (पश्चिम), २० असार । बर्दघाट नगरपालिका–४ बर्दघाट बजारस्थित आशिष फोटो स्टुडियोमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

खाजा बनाउने क्रममा ग्याँस लिक भई मंगलबार दिउँसो आगलागी हुँदा उक्त आगो फैलिएर दुर्गा न्यौपानेको पर्बत युनिक फेन्सी पसल, ४८ वर्षीय शिवराज चौधरीको रबिन फार्मेसी र ३३ वर्षीया पुजा सोनी जे.के को सैलुनमासमेत आगलागी हुँदा करिब ३७ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगालगी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ