सर्लाही, २० असार । जिल्लाको बसबरीया गाउँपालिका वडा नं ३ को मुसहर बस्तीका मुसहर महिलाहरूलाई पशु वितरण गरिएको छ ।
साउथ एसिया पार्टनशिप नेपाल (साप नेपाल) ले मुसहर समुदायलाई पशुपालन मार्फत आयआर्जन गरेर जीविकोपार्जन गर्ने उद्देश्यले बङ्गुर, बाख्रा र पाडी वितरण गरिएको बताइएको हो ।
मुसहर समुदायमा सामूहिक रुपमा पशुपालनका लागी साप नेपालले ३ लाख बराबरको रकम सहयोग गरेको छ ।
समुदायमा ३१ उन्नत नश्लको बङ्गुर ८ वटा बाख्रा र ३ बटा पाडी वितरण गरेको । उक्त पशुपालनको लागी खोर मुसहर समुदायले आफैले खोर बनाएका छन् ।
अन्डेफको आर्थिक सहयोग र साप नेपालको आयोजनामा सञ्चालित लैङ्गिक उत्तरदायी सुशासन प्रबद्र्धन कार्यक्रम अन्तर्गत बसबरीयामा मुसहर महिला सशक्तीकरण मञ्चका सदस्यहरूलाई जेन्डर, समूह व्यवस्थापन, नेतृत्व विकास, सामाजिक मूल्य मान्यता, बाल विवाह, बहु विवाह विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया