नेपालगन्ज, २० असार । बाँके र बर्दियाका विभिन्न युनिटमा आबद्ध नेपाली सेनालाई सर्पदंश सम्बन्धि प्रशिक्षण दिइएको छ । श्री अर्जुनबाण गण ओभरी ब्यारेकमा सर्पदंश सम्बन्धि सचेतनामूलक प्रशिक्षण दिइएको हो ।
बाँके र बर्दियाका विभिन्न युनिटमा आबद्ध नेपाली सेना, सर्पदंश उपचार केन्द्र शम्शेरगन्जका स्वास्थ्यकर्मीलाई ओभरी ब्यारेकमा बोलाएर प्रशिक्षण दिइएको बताइएको छ ।
बर्खायाम सुरु भएसँगै सर्पदंशको जोखिम बढी हुने गर्छ । वैशाख महिनादेखि असोज महिनासम्म सर्पको जोखिम बढी हुने गर्छ ।
त्यसमा पनि साउन महिनामा सर्प बढी चलायमान हुने भएकाले सर्पले टोक्ने जोखिम बढी हुने विज्ञहरू बताउँछन् ।
बाँकेसहित तराई मधेशका जिल्लामा सर्पदंशका कारण थुप्रै मानिसहरू पीडित हुने गरेका छन् । नेपालमा करिब ९० प्रजातीका सर्प रहेका छन् ।
तपाईको प्रतिक्रिया