सरकारले किसानको समस्यालाई बेवास्ता गर्यो : भट्टराई

समाचार

वीरगंज । नेकपा एमालेका केन्द्रीय सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले अहिलेको सरकारले किसानको समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले सरकारले ल्याएको बजेटले आर्थिक संकट नटार्ने बताएका हुन् ।

कृषिको भण्डारको रुपमा रहेको मधेश प्रदेशमा बजेटले उत्साह नदिएको भन्दै तराई मधेशमा सिँचाई, मलखादको समस्याको बारेमा सरकार बेखबर रहेको आरोप उनले लगाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ