घुससहित लेखापाल पक्राउ

समाचार

महोत्तरी, २० असार । जिल्लाको सम्सी गाउँपालिकाका लेखापाल रोषकुमार राउत घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रंगेहात पक्राउ गरेको हो ।

लेखापाल राउतलाई गाउँपालिका कार्यालयबाटै १ लाख २५ हजार घुस रकमसहित पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ