बारा, २१ असार । कोल्हवी नगरपालिका–५ स्थित सोनाभार बस्ने जितेन्द्र चौधरीको घरबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६८ केजी बिहीबार बिहान प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोल्हबीबाट र सशस्त्र प्रहरी बल कोल्हबीबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा लुकाई छिपाई ५ वटा बोरामा राखेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।
तपाईको प्रतिक्रिया