मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

समाचार

रूपन्देही, २१ असार । सिद्धार्थनगर नगरपालिका–८ बिद्युत कार्यालय नजिक सडकमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु.८३ प ४१९३ नम्बरको मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–१७ देवगाउँ बस्ने २८ वर्षीय निरन्जन केवटको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्रीको भिम अस्पताल भैरहवा हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ