मटिहानीमा आँपको विरुवा वितरण

समाचार

महोत्तरी, २२ असार । मटिहानी नगरपालिकाको नौ वटै वडाका हरेक घर परिवारलाई निःशुल्क रुपमा दुईवटा आँपको विरुवा उपलब्ध गराउने कुरा कृषि शाखाका प्रमुख टंक प्रसाद उपाध्यायले बताएका छन् ।

पालिकाको नगर स्तरीय योजना अन्तर्गत करिब ५५ सय घर–परिवार लाई १० हजार ऑपको बिरुवा वितरण गरिनेछ ।

यसैबीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले मटिहानीमा निःशुल्क आँपको बिरुवा वितरण कार्यक्रमको प्रारम्भ गरेका हुन् ।

सो अवसरमा उनले आँप खेती हाल आएर नगदेबालीको रुपमा हुन थालेकोले पालिकाले आँपको बिरुवा वितरण कार्यक्रम ल्याइएको भने ।

कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष जितनारायण माझी, वड़ा सदस्य जुगेश्वर यादव लगायत स्थानीयहरु सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ