ब्राउनसुगरसहित एकजना पक्राउ

समाचार

मोरङ, २२ असार । रंगेली नगरपालिका–७ स्थित सिद्ध आइसा होटलबाट अवैध लागूऔषध ब्राउसुगर जस्तो देखिने पदार्थसहित एकजना पक्राउ परेका छन् ।

५० ग्राम ७ सय ५० मिलिग्राम ब्राउनसुगर र तराजु १ थानसहित सोही नगरपालिका–६ बस्ने २४ वर्षीय शेफ खानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय होटलहरुमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्युरो र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा खानले उक्त लागूऔषध सोही नगरपालिका–७ भोटेवावु टोलस्थित हंगश प्वाईन्ट होटलका संचालक २८ वर्षीय दिपेश अग्रवालबाट खरिद गरी ल्याएको खुल्न आएकोले उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ