मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

समाचार

धनुषा, २२ असार । गणेशमान चारनाथ नगरपालिका–३ भरतपुरस्थित सबैला बिरेन्द्रबजारस्थित सडकमा ज.७ प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया रामसकी देवी यादवको बिहीबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय चारनाथ क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक र मोटरसाइकलमा सवार दुवैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ