चट्याङ लागेर वृद्धको मृत्यु

समाचार

सप्तरी, २२ असार । बिष्णुपुर गाउँपालिका–७ बिष्णुपुर टोल बस्ने ७० वर्षीय राम प्रसाद रामको चट्याङ लागेर मृत्यु भएको छ ।

बिहीबार दिउँसो आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चटयाङ लागेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ