नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सिरहा, २२ असार । भगवानपुर गाउँपालिका–४ ठाडी बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याब्लेट र स्पाक्सोप्रोक्सिमन ३२ ट्याब्लेटसहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा उदयपुर त्रियुगा नगरपालिका–५ बस्ने ३४ वर्षीय नारायण बुर्जा र सोही ठाउँ बस्ने ३० वर्षीय अनिल खड्का रहेका छन् ।

प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.११ प २२७७ नम्बरको मोटरसाइकललाई जाँच गर्न क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ