मोरङ, २३ असार । बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
लुपिजेशिक ५३ एम्पुल, एभिल ५३ एम्पुल, डाईजेपाम ५३ एम्पुल र फेनारागन ५३ एम्पुलसहित पथरी शनिश्चरे नगरपालिका–९ बस्ने ३१ वर्षीय भिम कुमार लिम्बुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया