मधुवन नगरपालिकाद्रारा सिमल तरुल बाली खेतीमा जोड

समाचार

कमल राज पौडेल देव कमल, बर्दिया, २३ असार । मधुवन नगरपालिकाले जडिबुटी जन्य कन्दमुल सिमल तरुल बालिको विकास प्रवर्द्धन तथा संरक्षणमा विशेष जोड दिँदै सबै कृषकहरुलाई खेती गर्न आग्रह गरेको छ ।

मधुवन नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेको छ ।

सिमल तरुल उपयोगी बहुवर्षीय बाली हो । यसको जरा खाने योग्य मानिन्छ बहुवर्षीय बाली भएता पनि यो एक वर्षीय बालीका रूपमा खेती गरिदै आएको छ । यसको उत्पत्ति दक्षिण अमेरिकामा भएको पाइन्छ ।

यो बाली पोर्चुगल हँुदै १६औ शताब्दीमा अफ्रिकन मुलुक र १७औं शताब्दीमा भारतमा यो बाली भित्रएको अनुमान गरिएको छ । नेपालमा सिमल तरुल खेती सन १९६० को दशकतिर प्रवेश गरेको हो ।

नेपालको झापा मोरङ सुनसरी उदयपुर इलाम सर्लाही सिन्धुली धनुषा चितवन नवलपरासी दाङ बर्दिया कैलाली र कंचनपुर लगाएत जिल्लामा खेती गरिदै आएको कुरा मधुवन नगरपालिका कृषि विकास शाखाका शाखा प्रमुख एक राज ओलीले बताए ।

कृषि शाखा प्रमुख ओली भन्छन्, सिमल तरुल कार्वोहाईडेटको ठुलो श्रोत हो । यसमा ६०–६५ प्रतिशत पानी र २०–३१ प्रतिशत कार्बोहाईडेट पाईन्छ । यसमा क्याल्सियम र फस्फोरस र बिटामीन सि प्रशस्त पाईन्छ यसको नियमित सेवनले कोलोस्टर को मात्रा न्यून गर्न सहयोग पुग्नुको साथै रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।’

सिमल तरुललाई सिंचित र बर्षामा अधारित दुबै खेती प्रणालिमा गर्न सकिन्छ र सुख्खा सहन सक्ने क्षमता भएता पनि तरुल रोपण गरेको पहिलो ३ हप्ता सम्म चाहि माटोमा चिस्यान मात्रा हुनु जरुरी हुन्छ जसले गर्दा जराको स्वास्थ विकास हुन्छ ।

विश्वका गरिब राष्ट्रहरु जहाँ भोकमरीको समस्या व्याप्त छ त्यहा सिमल तरुल मुख्य खाद्यान्न बस्तुको रूपमा उसिनेर खानाको रूपमा खाने गरिन्छ हाल स्थानीय बजारमा यसको बढदो माग देखिएकोले मधुबन नगरपालिकाले यो आर्थिक बर्षा २०८०/०८१ को निति तथा कार्यक्रममा समाबेश गरि सिमल तरुलको खेतिलाई बिस्तार गर्ने निर्णय गरेको छ यो कार्यक्रम बाट मधुबन नगर भित्रका कृषकहरु लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको कुरा समेत उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ