काठमाडौं, २३ असार । बृहत मधेश ककसको भ्रातृ संगठनको रुपमा महिला मोर्चा गठन भएको छ ।
शनिबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा ककसको महिला विभाग संयोजक सुनिता कुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा महिला मोर्चा घोषणा गरिएको छ ।
यस कार्यक्रममा विविध विषयमा छलफल गर्दा यस विभागको नामाकरण “महिला मोर्चा“ राख्ने निर्णय गरिएको साहले जानकारी दिएकी छन् ।
यस मोर्चाले महिला सम्बन्धि विषयगत तथ्यहरु अनुसन्धान गरि सरोकारवाला निकायमा जानकारी एवंम ध्यानाकर्षण गराउने निर्णय पनि गरिएको जनाइएको छ ।
महिला मोर्चाका सदस्यहरुमा चन्दा रौनियार, पिंकी महासेठ, प्रियासिंह थारु, मिनादेवी साह, गायत्री देवी साह, मन्जु देवी साह, रिना देवी साह र अम्बिका दाहाल रहेका छन् ।
सो कार्यक्रममा नेपालका लागि नेपाली पार्टीका अध्यक्ष सन्तोषानन्द महाराज, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह र सञ्चारकर्मी अनन्त अनुरागको पनि उपस्थिति रहेको थियो ।




तपाईको प्रतिक्रिया